हिमालयन बैंकल मेलम्ची खानेपानी आयोजना सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ।
आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो बापत आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंकले उक्त मुद्दा जितेको हो।
फैसलासँगै अब बैंकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार फिर्ता पाउने छ।
यस मुद्दामा चीनको झेङझाउ जिल्ला अदालतले सन् २०२० नोभेम्बर ६ मा पनि नेपाली बैंकको नाममा फैसला गरेको थियो तर उक्त फैसला चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो।