खप्तड लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
लघुवित्तले १ कारोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन गर्न बोर्डबाट साउन १० गते अनुमति पाएको हो।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ। वित्तीय दायित्व पूरा गर्ने मामिलामा कम्पनीमा जोखिम मात्रा मध्यम रहेको यसले संकेत गर्छ।
कम्पनीमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५.६ प्रतिशत र आइ क्यापिटल प्रालिको ७.४६ प्रतिशत लगानी समेत रहेको छ।
कम्पनीले जारी गर्न लागेको सबै सेयर बिक्री भएमा संस्थापकहरूको सेयर स्वामित्व ६७ प्रतिशतमा सीमित हुनेछ। हाल कम्पनीका ६० संस्थापक छन्।
यो कम्पनीले लगानी गरिरहेको पुँजीमा बैंकहरूबाट प्राप्त पुँजीको हिस्सा ९७ प्रतिशत र सदस्यहरूको निक्षेपको हिस्सा भने ३ प्रतिशत मात्रै छ। कम्पनीको खराब कर्जा अनुपात २.१७ प्रतिशत छ।
३० दिनभन्दा बढिले भाका नाघेको कर्जा ७ प्रतिशतभन्दा धेरै छ। गत पुससम्ममा कम्पनीले ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।