नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६८ पैसा र बिक्रीमा १२९ रुपैयाँ २९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७० पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५० पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४० पैसा र बिक्रीमा ३४ रुपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४९ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३६ रुपैयाँ ७१ पैसा तोकिएको छ।