निक्षेपको ब्याजदर नबढाई कर्जाको ब्याजदर समेत बढाउन नसक्ने अवस्थामा नौ वटा वाणिज्य बैंक पुगेका छन्।
बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका १९ वाणिज्य बैंकहरूमा अधिकांशको स्प्रेड दर ४.३ प्रतिशतदेखि माथि छ। स्प्रेड दर गणना गर्ने निश्चत विधि हुन्छ।
यद्यपी सामान्य तरिकाले बुझ्न यसलाई निक्षेप र कर्जाको ब्याजअन्तरलाई स्प्रेड दर भनिन्छ।
हाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको यस्तो स्प्रेड दर अधिकत्तम ४.४ प्रतिशतसम्म मात्र कायम गर्न पाउने व्यवस्था गरेको छ।
अधिकांशको यस्तो दर तोकिएको स्तरमा आइसकेकोले पनि निक्षेपको ब्याजदर नबढाई बैंकहरूले कर्जाको ब्याजदर बढाउन नसक्ने भएका हुन्।
बैंकहरूले केही समयदेखि निक्षेपको ब्याजदर बढाएका छैनन्।
हाल बैंकहरूले निक्षेपमा अधिकतम १२.३ प्रतिशत ब्याजदर दिइरहेका छन् भने कर्जाको औसत ब्याजदर गत एक वर्षमा करिब सात प्रतिशतबाट बढेर ११.४२ प्रतिशतसम्म पुगेको छ।
