गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेर ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै छ।
ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक नाफा रकम आधारमा मुख्य दश स्थानमा छन्।
यिनको दुई अर्ब ८३ करोडदेखि ५ अर्ब २१ करोडसम्म नाफा पुगेको छ।
सबैभन्दा कम नाफा गर्नेमा भने सेञ्चुरी कमर्सियल बैंक छ। बैंकले एक अर्ब ३५ करोड रूपैयाँ नाफा कमाएको हो।

