सिभिल बैंकले थप सुविधाहरूमा केन्द्रित भएर विभिन्न साझेदारहरूसँग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ।
बैंकका ग्राहकहरूले अब विभिन्न वस्तु वा सेवा उपभोग गरी बैंकको विद्युतिय भुक्तानी प्रणाली 'सिभिल स्मार्ट– मोवाइल बैंकिङ एप' अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट पाउने व्यवस्था गरेको छ।
बैंकका ग्राहकले लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड स्पा, गण्डकी भान्सा एण्ड रेस्टुरेन्ट, मास्के ग्रोसरी मार्ट लगायतका २९ साझेदारहरूबाट सेवा लिदा विभिन्न छुट पाउने भएका हुन्।
बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरूसँग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको बताएको छ।
करिब आठ लाख ग्राहकहरूलाई ११५ शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएम रहेका छन्।