सनराइज बैंकले नवलपरासीको किर्तिपुरमा चौतारी निर्माण गरेको छ। उक्त चौतारीको उद्घाटन साउन २६ गते गरिएको बैंकले बताएको छ।
सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ, विशिष्ठ अतिथि बैंकका नायव महा–प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ३ का वडा अध्यक्ष पविन गुरुङको उपस्थितिमा उक्त कार्यक्रममा सम्पन्न भएको हो।
स्थानियहरू विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरू हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताइन्।
संस्थागत उत्तरदायित्व अन्तर्गत बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायव महा–प्रबन्धक यादवले खुसी व्यक्त गरे।
बैंकले हरेक वर्ष आफ्नो नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको र गत वर्ष पनि १५० भन्दा बढी कार्यक्रहरू सम्पन्न गरेको बैंकले जनाएको छ।