नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४७ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ २७ पैसा र बिक्रीमा ४१६ रुपैयाँ २२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ९१ पैसा तोकिएको छ।