भदौ महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको बराबरको सेयर खरिद–बिक्री भएकोमा आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ।
यस दिन २२० वटा धितोपत्र तथा ऋणपत्रको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर कारोबार भएको छ।
बुधबार स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९५ रुपैयाँ ९० पैसा कायम भएको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर अन्तिम मूल्य २६१ रुपैयाँ र २०५ रुपैयाँ ९० पैसा कायम भएको छ।
त्यस्तै, अपर सोलु हाइड्रो र सपोर्ट लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर अन्तिम मूल्य ३५७ रुपैयाँ र एक हजार ४६३ रुपैयाँकायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सामलिङ पावर र मनकामना स्मार्ट लघुवित्त रहेको छ। सामलिङ पावरको सेयर मूल्य ५.१४ र मनकामना स्मार्ट लघुवित्तको मूल्य ५.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः ५३१ र एक हजार ३४ रुपैयाँमा झरेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको १८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४४ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६७३ रुपैयाँमा ६ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
यस दिन बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, अन्य, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ भने विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ।