सोमबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ। आज नेप्से ०.३६ अंकले घटेर २०५३.१६ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२२ वटा धितोपत्रको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
सोमबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २७३ रुपैयाँ ९० पैसा कायम भएको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर अन्तिम मूल्य ३४७ रुपैयाँ ३० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइबिएल समृद्धि फण्ड र दोर्दी खोला जलविद्युत रहेको छ। एनआइबिएल समृद्धि फण्डको इकाइ मूल्य ६.७५ र दोर्दी खोला जलविद्युतको सेयर मूल्य ५.२४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः ७ रुपैयाँ ७४ पैसा र ३६० रुपैयाँ १० पैसामा झरेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने हिमाल दोलखा हाइड्रोपावरको भएको छ। कम्पनीको २८ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ६०९ रुपैयाँमा ८ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।