एनएमबि बैंकले महिला नेतृत्व अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिला दिदी बहिनीहरूको अनुभव साट्ने उद्देश्यले उक्त अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ।
महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्याउने अपेक्षा बैंकले राखेको छ।
उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरूकाे उपस्थिति रहको थियो।