इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि ६ लाख २० हजार कित्ता आइपिओ निष्कासन गरेको हो।
कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
उक्त आइपिओमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय थप हुने कम्पनीले बताएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रवन्धकसँगै मेरो सेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सकिनेछ।
साथै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्कासन गरेको आइपिओलाई केयर रेटिङ नेपालले केयर–एनपी बी प्लस एस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्छ ।