नागरिक लगानी कोषकाे २७औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।
सभाले प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९ प्रतिशत लाभांश पारित गरेको छ।
यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित समेत गरेको छ।
त्यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ।
उक्त अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको बताएको छ।