मंगलबार नेप्से परिसूचक १.८५ अंकले बढेको छ। आज नेप्से ०.०९ अंकले बढेर २०५४.९८ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२२ वटा धितोपत्रको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
मंगलबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९०९ रुपैयाँ ७० पैसा कायम भएको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर अन्तिम मूल्य ३८२ रुपैयाँ र अपर हेवाखोला हाइड्रोपावरको मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०१ रुपैयाँ २० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ। सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ६.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ ९४ पैसा झरेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने हिमाल दोलखा हाइड्रोपावरको भएको छ। कम्पनीको १४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ६१५ रुपैयाँमा ७ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले घटेको हो।