टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले 'दशैंमा द–सही अफर' ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन्।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले बताएको छ।
साथै यस अफरमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधाहरू पनि रहेका छन्।
'हरेक वर्ष झैं यसपालीको दशैंलाई लक्षित गर्दै ग्राहकहरूको तर्फबाट अफर सम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको छ' सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले बताए।
कुन गाडीमा कुन अफर पाइने र कहाँ कहाँबाट पाइने जानकारीका लागि कम्पनीको फेसबुक पेज 'टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल' बाट हेर्न वा ९८०११०७६०० मा मिसकल गर्न कम्पनीले अनुरोध गरेको छ।