सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंबीच सम्झैता भएको छ।
कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७/०६/२६, दोस्रो संसोधन) को अधिनमा रही उक्त सम्झैता भएको हो।
निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सनराइज बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बीना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति सात लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।
त्यस्तै, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमुलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिइ महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी (वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने बताइएको छ।
यस सम्झौता पश्चात् निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सनराइज बैंकले लगानी गरिएका कर्जाको जोखिम न्यूनीकरण हुने जनाएको छ।