धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट भएको छ।
बिक्री प्रवन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्।
जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकोमा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले सनराइज क्यापिटलले जानकारी गराएको छ।
कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।
जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।
साथै, धौलागिरी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।