हरितालिका तीजको अवसरमा 'मुक्तिनाथ तीज विशेष अफर' योजना ल्याएकोे छ ।
यो योजना अन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा 'मुक्तिनाथ महिला पेवा बचत खाता' खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा पाउनेछन्।
यसैगरी, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्रानक्वालिटि स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ महिनाका लागि) उपलब्ध हुने बैंकले बताएको छ।
यो योजनाले नारीहरूको सम्मान गर्दै नारीहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ।
त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले बताएको छ।