दुई दिन ५ अंकले बढेको नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ।
बिहीबार बजार १८.३० अंकले घटेको छ। आज नेप्से ०.८९ अंकले घटेर २०३९.५४ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २१९ वटा धितोपत्रको १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ। बुधबार १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६४ रुपैयाँ ४० पैसा कायम भएको छ।
त्यस्तै, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ८.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा मैलुङ खोला जलविद्युत रहेको छ। कम्पनीको सेयर मूल्य ५.८२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४६९ रुपैयाँमा झरेको छ।
त्यस्तै, मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ४.२७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३३६ रुपैयाँ पुगेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने हिमाल दोलखा हाइड्रोपावरको भएको छ। कम्पनीको ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ ७० पैसा कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.१० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ६०० रुपैयाँमा ९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.२ प्रतिशतले घटेको हो।