सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ।
कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट झरी घाइते भएका ठाकुर सिंह गुरुङलाई कम्पनीले उक्त बीमा रकम हरुतान्तरण गरेको हो।
यस अघि नै उक्त ठेकेदारले सर्वाेत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आप्mनो साइट रजिष्ट्रर गराए बापत कम्पनीको तर्पmबाट सो बीमा प्राप्त गरेका थिए।
कम्पनीले भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरूले उठाउने जोखिमलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो साइट रजिष्ट्रर गराएका ठेकेदारहरूका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो।
यस बीमा सुविधाले निर्माण कर्मीहरूलाई निमार्ण कार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविको पार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ।
निर्माणकर्मीहरूको सुरक्षा तथा सुस्वास्थय सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरूप कम्पनीले यस्तो व्यवस्था ल्याएको हो बताएको छ।