नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच १०.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि भएको '१०.२५ सानिमा डिभेन्चर २०८९' को क्रम संख्या १ देखि ५० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको कुल ५० लाख कित्ता थान ऋणपत्रको सूचीकरण सम्झौता सम्पन्न भएको छ। दुई पक्षबीच मंगलबार सम्झौता भएको हो।
कम्पनीले सर्वसाधारण समक्ष आरविबी मर्चेन्ट बैंकिङ लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत् उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आवहा गरेको थियो।
यसरी सर्वसाधारणमा वितरण गरिएको ५० लाख थान ऋणपत्र वितरण धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत भदौ ६ गतेको निर्णयअनुसार एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो।