राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर कारोबार आज (बुधबार)देखि खुला भएको छ ।
प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ३१९ रुपैयाँमा खुला भएको हो। सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ।
'आरएचजीसीएल' संकेतमा कम्पनीको कारोबार खुला भएको छ। कम्पनीले चुक्ता पुँजीका आधारमा कायम ६१ लाख २७ हजार ९३८ कित्ता सेयर मंगलबार सूचीकृत गराएको थियो।
नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०६ रुपैयाँ ३५ पैसादेखि अधिकतम ३१९ रुपैयाँ ५ पैसा तोकेको थियो। सोही रेन्जभित्र रहेर पहिलो कारोबार खुला भएको हो।
यस अवधिमा कम्पनीको सेयर मूल्य ७.२१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४२ रुपैयाँ कायम भएको छ।