एनआइसी एशिया बैंकले 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ' भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ अनवरत रूपमा अघि बढ्दै जाँदा जुनै किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ।
साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरू समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको छ।
बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै बैंकले हासिल गरेका उपलब्धीहरूलाई मनन् गर्दै हाल पाँच वर्षे 'अठोट २२–२७' रणनीति तय गरेको छ।
बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको बताएको छ।
यस्तो छ भिडियो :