कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रा. लि. बीच सम्झौता भएको छ।
कुमारी बैंकका ग्राहकहरूलाई बाराही पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बाराही पोलिक्लिनिकबाट सेवा लिएबापत् कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत र औषधि शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यो सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकको विश्वास छ।
कुमारी बैंकले देशभर १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।