साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.२९ अंकले घटेको छ।
आज नेप्से ०.२२ प्रतिशतले घटेर १९७३.०१ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२३ वटा धितोपत्रको ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ।
साेमबार नेप्सेसँगै काराेबार रकम पनि घटेकाे छ। आइतबार १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको थियाे।
सोमबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरको मूल्य सबैभन्दा धेरै ७.४३ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९३ रुपैयाँ ३० पैसा पुगेको छ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ३.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४५० रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा रुरु जलविद्युत परियोजना रहेको छ। कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ९२० रुपैयाँमा झरेको छ।
त्यस्तै, आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १३२ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ४५० रुपैयाँमा ४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०४ र लघुवित्त समूहको परिसूचक ०.०६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।