नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२७ रुपैयाँ २७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३७ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४१३ रुपैयाँ १७ पैसा र बिक्रीमा ४१५ रुपैयाँ १२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ७० पैसा तोकिएको छ।