एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित आर्थिक वर्ष २०७७/७८ को लाभांश नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ।
कम्पनीले पेश गरेको प्रस्तावित लाभांश समितिले गत भदौ २० गते स्वीकृत गरेको हो।
कम्पनीले अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृति दिएसँगै आगामी वार्षिक साधारण सभामा पेश हुनेछ।
वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले उक्त लाभांश वितरण गर्छ।