बुधबार नेप्से परिसूचक ११.९७ अंकले घटेको छ।
आज नेप्से ०.६१ प्रतिशतले घटेर १९३९.८८ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२४ वटा धितोपत्रको ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइमूल्य सबैभन्दा धेरै ७.७२ प्रतिशतले बढेको छ। उक्त फण्डको मूल्य प्रतिकित्ता ११ रुपैयाँ ५८ पैसा पुगेको छ।
त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ६.३८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४५० रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा प्राइम बैंकको डिवेञ्चर रहेको छ। कम्पनीको ऋणपत्रको मूल्य ५.८८ प्रतिशतले घटेर प्रति ऋणपत्र मूल्य ९२२ रुपैयाँ ४० पैसामा झरेको छ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९८९ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ। कम्पनीको ५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ४०४ रुपैयाँमा ४ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.७८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले घटेको छ।