नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ ३५ पैसा र बिक्रीमा १२६ रुपैयाँ ९५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४६ रुपैयाँ २६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८६ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४७ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ६१ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ९४ पैसा तोकिएको छ।