नबिल बैंक र युनिलिभर नेपाल लिमिटेडबीच 'च्यानल फाइनान्सिङ' सुविधाका लागि सहकार्य भएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता भएसँगै युनिलिभरले आफ्ना तीन जना वितरकहरूलाई च्यानल फाइनान्सिङका लागि सिफारिस पत्र समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल तरिकाबाट च्यानल फाइनान्सिङ उपलब्ध गराउने बताए।
यस सम्झौताअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल पार्टनरका रूपमा थप व्यवसाय विस्तार तथा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि बैंकका जुनसुकै शाखाबाट पनि च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने बैंकले जनाएको छ।
च्यानल फाइनान्सिङ अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।