दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ।
उक्त अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।
यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान नौ सय ९९ रुपैयाँ प्रति महिना पाउन सकिने कम्पनीले बताएको छ।
यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अबग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन्।
यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्ने बताइएको छ।
ग्राहकले मेस राउटर लिनका लागि चार हजार रुपैयाँ र एमआई एराउटरको लागि एक हजार पाँच सय रुपैयाँ डिपोजिट गर्नु पर्नेछ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको बताएको छ।
साथै, कम्पनीले वार्षिक सदस्यतामा मात्र एक सय ५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ।
यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्स मात्र पाँच सय डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्।
भायानेटको अल्ट्रा–फाई लाइनअप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज हो। उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ।
अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता ग्राहकलाई इन्टरनेट वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा रहेको कम्पनीले बताएको छ।