मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेको छ।
आज नेप्से १.११ प्रतिशतले बढेर १९३४.०४ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २३१ वटा धितोपत्रको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। सोमबार ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता दुई हजार १३६ रुपैयाँ पुगेको छ।
त्यस्तै, मैलुङ खोला जलविद्युतको सेयरमूल्य ७.७६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५२८ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ८.५% नेपाल बैंक डिवेञ्चर २०८७ रहेको छ। बैंकको ऋणपत्रको मूल्य ९.५९ प्रतिशतले घटेर प्रति ऋणपत्र मूल्य ९२२ रुपैयाँ २० पैसामा झरेको छ।
त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य २.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५१ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७७० रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ५६४ रुपैयाँमा ५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले बढेको छ।
त्यस्तै, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।