नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२९ रुपैयाँ २० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ९० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४० पैसा र बिक्रीमा ३४ रुपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३ पैसा र बिक्रीमा २८ रुपैयाँ १६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४१० रुपैयाँ ३५ पैसा र बिक्रीमा ४१२ रुपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३६ रुपैयाँ ७३ पैसा तोकिएको छ।