राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित 'नबिल जेन अल्फा' स्किम सार्वजनिक गरेको छ।
नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाकोे साथ अरू विशिष्ठ अतिथिहरूकोे उपस्थितिमा नबिल जेन अल्फा सार्वजनिक भएको हो।
बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यस एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए।
'मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,' पौड्यालले भने, 'एप मार्फत् बच्चाहरूले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन्।'
एप सार्वजनिक कार्यक्रममा सिइओ ढुंगानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए।
'नबिल जेन अल्फा' १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो।
अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने बैंकले बताएको छ।
बलबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ।
यो स्किममार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।
यस बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउने बैंकले विश्वास लिएको छ।
जेन अल्फाको ब्राण्ड एम्बासडर पे्रन्सा रेग्मीले जेन अल्फाले आफूहरू जस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताइन्।
बैंकका अनुसार यस योजना अन्तर्गत बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रूपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन्।
त्यस्तै, यसमा बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा जम्मा तथा बालबालिकाहरूलाई एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्तिपछि पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरू प्रदान गरिएको छ।
नेपाली रुपैयाँमा खोलिने यस बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरू समाहित हुन सक्नेछन्।
याे एप, प्ले स्टोर तथा एप्पल स्टोेर बाट डाउनलोड गर्न सकिने बताइएको छ।