नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ४१ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ १ पैसा र बिक्रीमा २८ रुपैयाँ १४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४१० रुपैयाँ ७६ पैसा र बिक्रीमा ४१२ रुपैयाँ ७० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३७ रुपैयाँ ९८ पैसा तोकिएको छ।