ग्लोबल आइएमई बैंकका एसटिसी डेबिट कार्ड प्रयोगकर्ताहरूले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्भने भएका छन्।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एसटिसी डेबिट कार्ड भएका ग्राहक लक्षित एसटिसी तथा युपिआइ कार्डको 'दमदार दशैं धमाका थ्री–डि अफर' अन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त सक्ने बताएको छ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पिओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एसटिसी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात एक हजार रुपैयाँ अधिकतमसम्म क्यासब्याक पाउनेछन् ।
यस योजनापछि एसटिसी कार्ड होल्डर ग्राहकहरूलाई एसटिसी कार्ड मार्फत गरिने विश्वास बढाउन सकिने बैंकले जनाएको छ।
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय रुपैयाँ तथा कम्तीमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार क्यासब्याक प्रदान गरिने बैंकले बताएको छ।
क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सयको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ।
बैंकले देशभर २८९ शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।