नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमध्ये ०.७९ प्रतिशत लाभांश कर तिर्नका लागि वितरण गर्न लागिएको हो।
कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २२औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।