साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १४.१० अंकले घटेको छ।
आज नेप्से ०.७३ प्रतिशतले घटेर १९१०.३८ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२० वटा धितोपत्रको ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँ बराबरको कारोबार भएको छ।
शुक्रबार नबिल ब्यालेन्सड फण्डको इकाई मूल्य सबैभन्दा धेरै ७.८७ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाई मूल्य ९ रुपैयाँ ६० पैसा पुगेको छ।
त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०८ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा मिर्मिरे माइक्रोफाइनान्स रहेको छ। कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९८० रुपैयाँमा झरेको छ।
त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य ५.३१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३२ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.३६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५३७ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको तीन हजार ३२५ रुपैयाँमा ३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड ०.०७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक १.२७ प्रतिशत र जलविद्युत समूहको परिसूचक १.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१४ प्रतिशत, लघुवित्त समूहको परिसूचक १.०१ प्रतिशत र लगानी समूहको परिसूचक १.२५ प्रतिशतले घटेको छ।