कुमारी बैंकले 'धनवृद्धि रिकरिङ मुद्दती' योजना सार्वजनिक गरेको छ।
यस मुद्दती योजना अन्तर्गत प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्न सकिने बैंकले बताएको छ।
ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूनतम दस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म प्रारम्भिक बिज र कम जम्मा गरी निम्न अनुसारको धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन्।
यस आवर्ती योजनाअन्तर्गत प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ।
यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा बैंक विश्वस्त रहेको छ। यो योजना असोज १ देखि लागु हुने बैंकले बताएको छ।
बैंकले देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान आइरहेको छ।