ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा आइफोन १३ प्राप्त गर्न सकिने भएको छ।
असोज १ गतेदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरूलाई आइफोन १३ प्रदान गरिनेछ ।
यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५०० रुपैयाँ वा सोभन्दा बढीको क्युआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्ने बैंकले बताएको छ।
बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् तथा स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा उक्त योजना ल्याएको हो।
बैंकले देशभर २८९ शाखा, २७३ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।