धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज सञ्चालनको लागि आवेदन माग गरेको छ।
बोर्डले दुवैको लागि ४५ दिने सूचना जारी गरेको छ। स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न चहानेले अबको ४५ दिन भित्र आवेदन दिनुपर्ने भएको हो।
न्यूनतम तीन अर्ब चुक्ता पुँजी रहने गरी स्टक एक्सचेन्जको लागि निवेदन दिन सक्नेछन्।
यस्तो पुँजीमा कम्तीमा ३० प्रतिशत सर्वसाधारणको लागि सेयर जारी गर्न छुट्याउन सकिने व्यवस्था छ भने एकल लगानीकर्ता सीमा १५ प्रतिशत राखिएको छ।
त्यस्तै, कमोडिटी एक्सचेन्जको लागि यसअघि नै निवेदन दिइसकेकाहरूले पनि पुनः निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ।
पुनः निवेदन दिँदा निवेदन दस्तुर नलाग्ने र यसरी पहिले दिएकाले समेत पुनः निवेदन नदिएमा स्वतः रद्द हुने बोर्डको सूचनामा उल्लेख छ। बोर्डले दुई वटा कमोडिटी एक्सचेन्जको लागि अनुमति दिने भएको हो।