मुक्तिनाथ विकास बैंकले एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने 'मुक्तिनाथ आशिर्वाद बचत खाता' योजना सञ्चालनमा ल्याएको छ।
यस बचत खाताको गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारको २ जना सदस्यहरूको लागि ३० लाख रुपैयाँ गरी कुल ५१ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन्।
त्यस्तै, विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम एक लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारको ४ जना सदस्यहरूको लागि ८० लाख रुपैयाँ गरी कुल एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन्।
साथै, विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन्।
बीमा सुविधाअन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले बताएको छ।