गत साताको बिहीबारदेखि घटेको सेयर बजारले यस साताको पहिलो कारोबार दिनले पनि निरन्तरता पाएको छ।
आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेको छ।
आज नेप्से २.७८ प्रतिशतले बढेर १८७६.४१ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२९ वटा धितोपत्रको १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार ग्लोबल आइएमई समुन्नत स्किम–१ को इकाई मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाई मूल्य ८ रुपैयाँ ८६ पैसा पुगेको छ।
त्यस्तै, नेपाल ल्युब आयलको सेयरमूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २७३ रुपैयाँ ३० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा बलेफी हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य ७.८५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७० रुपैयाँमा झरेको छ।
त्यस्तै, राप्ति हाइड्रोपावरको सेयर मूल्य ७.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५४ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ। कम्पनीको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.६६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १९८ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको १४७ रुपैयाँमा १९ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन व्यासार समूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत र जलविद्युत समूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक, वित्त, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।