नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ५१ पैसा र बिक्रीमा १२८ रुपैयाँ ११ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४५ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ७ पैसा र बिक्रीमा २८ रुपैयाँ २० पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३९ रुपैयाँ २३ पैसा तोकिएको छ।