कुमारी बैंकले दशैं–तिहार लक्षित 'डिजिटल धमाका अफर' सार्वजनिक गरेको छ।
बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ।
बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो।
यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन्। जसको लागि बैंकको कार्डबाट असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म २०० रुपैयाँको ५ पटक भुक्तानी भएको हनुपर्छ।
त्यस्तै, पहिलो पटक भिसा कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ३० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
साथै, बैंकको कार्ड र क्युआरमार्फत कारोबार गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले र इलेक्ट्रिक स्कुटर पाउने बैंकले बताएको छ।
कुमारी मोबाइल बैंकिङएपमार्फत एनटिसी, एनसेल र स्मार्टसेलका लागि पहिलो पटक टपअप गर्दा ३० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ।
त्यस्तै, दशैं टिकाको साइतको समयमा दक्षिणा पोर्टल प्रयोग गर्ने पहिलो २० जना ग्राहकलाई १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने बैंकले बताएको छ।