बुधबार नेप्से परिसूचक ११.१९ अंकले बढेको छ।
आज नेप्से ०.६१ प्रतिशतले बढेर १८४८.८० बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२६ वटा धितोपत्रको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक बढेपनि आज कारोबार रकम घटेको छ। मंगलबार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार सामलिङ पावरको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८२ रुपैयाँ ९० पैसा कायम भएको छ।
त्यस्तै, समीट लघुवित्तको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ७९३ रुपैयाँ पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ। कम्पनीको सेयर मूल्य ३.६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८५ रुपैयाँमा झरेको छ।
त्यस्तै, एनएमबि ब्यालेन्ड् फण्डको इकाई मूल्य ३.४० प्रतिशतले घटेर प्रति इकाई मूल्य ९ रुपैयाँ १० पैसा कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७६२ रुपैयाँ १० पैसा कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ५०९ रुपैयाँमा २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक १.३८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक १.२३ प्रतिशत र उत्पादन तथा प्रशाोधन समूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ।