सेयर बजार परिसूचक नेप्से सोमबार २७.१६ अंकले घटेको छ। नेप्से १८७१.२२ विन्दुमा आइपुगेको हो। नेप्सेले १९ सयमा प्रतिरोध परिक्षण गरिरहेको देखिन्छ। सोमबार बजार खुल्दा १९०७ सम्म पुगेको नेप्सेले त्यसपछि पनि बढ्ने प्रयास गरेपनि सफल हुन सकेन।
सोमबार पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको १६ करोड ५८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएपनि बजारमा कारोबार रकम बढेको छ। यस दिन बजारमा दुई सय ३३ धितोपत्र तथा ऋणपत्रको कारोबार भएर ९७ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
यसदिन अभियान लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। यसदिन ३५ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने एक सय ८५ वटाको मूल्य घटेको छ।
एकै दिन लगानीकर्ताको सम्पत्ति ३९ अर्ब रुपैयाँले क्षय भएको छ। आइतबार २७ खर्ब २८ अर्ब कुल बजार पुँजीकरण भएको बजारमा सोमबार २६ खर्ब ८९ अर्ब रुपैयाँमा सीमित भएको छ।