अष्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ। सोमबार एक अष्ट्रेलियन डलर बराबर ६३ युएस सेन्ट्समा कारोबार भइरहेको थियो। यो अप्रिल २०२० यताकै न्युन भएको अन्तराष्ट्रिय सञ्चार माध्महरुले उल्लेख गरेका छन्।
अप्रिलमा अष्ट्रेलियन डलर हालसम्मकै उच्च अर्थात् एक अष्ट्रेलियन डलर बराबर ७६.६ युएस डलरमा कारोबार भइरहेको थियो। हाल यसमा १७ प्रतिशतले कटौति भएको छ।
यो वर्षभरी नै अष्ट्रेलियन डलर ६२.५ देखि ६७.५ युएस सेन्ट्समा कारोबार हुने प्रक्षेपण नेशनल अष्ट्रेलिया बैंकले गरेको छ। सन् २०२३ मा मात्रै यसमा सुधार हुने प्रक्षेपण गरिएको छ।
नेपालमा मंगलबार एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८३.३७ रुपैयाँ तोकिएको छ। एक महिना अघिसम्म एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५रुपैयाँ थियो।
मंगलबार अमेरिकन डलरको विनिमय दर भने स्थिर छ। एक डलर बराबर एक सय ३२ रुपैयाँ दुई पैसा विनिमय तोकिएको छ।