महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। जसअन्तर्गत कमाने शाखाले मकवानपुरको हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको बैंकले बताएको छ।
हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको बताएको हो।
बैंकको आबुखैरेनी शाखाले पनि आबुखैरेनी-६ स्थित आबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ। विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो।
त्यसैगरी बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा रहेको शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरूलाई आराम गर्न सहयोग होस् भन्ने उदेश्यले बैंकले सहयोग गरेको बताएको छ।