नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन्।
नेशनलको एक बराबर समिटको ०.८० को अनुपातमा मर्जर गर्ने सैद्धान्तिक सहमति भएको छ।
मर्जरपछि बन्ने संस्थाको सञ्चालक समितिमा नेशनलबाट चार जना र समिटबाट दुई जनाको प्रतिनिधित्व हुने बताइएको छ। मर्जरमा जान लागेसँगै नेप्सेले यी दुई कम्पनीको सेयर कारोबार रोक्का राखेको छ।